सप्तकोशीमा लाज पचाएर अनियमितताः तालिमको नाममा पिकनिक, विविध खर्चको नाममा होटलमा मस्ती

फत्तेपुर (सप्तरी)– नागरिकको कर र राजस्वको पैसा सेवामुखी काममा खर्च गर्नुपर्ने स्थानीय सरकार आफैं मोजमस्तीमा लिप्त रहेको तथ्य फेरि एकपटक प्रमाणित भएको छ। सप्तकोशी नगरपालिकाले विविध खर्च र अतिथि सत्कार शीर्षकमा १४ लाखभन्दा बढी रकम होटलका बिल र भोजभतेरमै सिध्याएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ।

आर्थिक वर्ष ०८१/०८२ को महालेखा परीक्षकको प्रतिवेदन अनुसार खर्चको औचित्य पुष्टि गर्ने कुनै कागजात पेश नगरी सयौंको संख्यामा खाजा, खाना र चिया–नास्ताको होटल बिल मात्रै संलग्न गरिएको छ। यस्तो खर्चले नगरको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

महालेखाको प्रतिवेदनअनुसार, पालिकाले विविध खर्च शीर्षकबाट ६ लाख ६४ हजार ८३९ र अतिथि सत्कार शीर्षकबाट ७ लाख ९९ हजार ६३९ रुपैयाँ खर्च गरेको छ। त्यसबाहेक, सभा सञ्चालन शीर्षकमा छुट्याइएको ७ लाख बजेटमध्ये झन्डै सबै रकम सकिएको देखिन्छ। ‘यत्रो खर्चका कागजात परीक्षण गर्दा पुष्टि गर्ने औपचारिक कागजात छैन’– महालेखाले टिप्पणी गरेको छ।

सप्तकोशी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले जनताको रगत परिनाबाट संकलन गरेको रकम मोजमस्तीमा उडाएको यो पहिलो घट्ना होइन, यसअघि क्षमता अभिवृद्धिको बजेट पिकनिकमा उडकाएको घट्ना सार्वजनिक भएको थियो।

०७९ फागुन १३ गते शनिबार ११ वटै वडाका जनप्रतिनिधि र विभिन्न शाखाका कर्मचारीले नगरकै बजेट खर्च गरी पिकनिक गरेका थिए। उनीहरूले पिकनिकका फोटो र भिडियो सामाजिक सञ्जालमा राखेपछि घट्ना सार्वजनिक भएको थियो। व्यापक आलोचना भएपछि कतिपय सामग्री हटाइयो।

कर्मचारीका अनुसार, पिकनिकको कार्यक्रम कार्यपालिका बैठक र नगरसभा छलफलकै आधारमा तय भएको थियो। पिकनिकको डिजाईनर तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी र मेयर कृष्णप्रसाद ढकाल हुन। मेयर ढकालले पनि पिकनिक आयोजना भएको स्वीकारेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट