विवेक अग्निहोत्री र नसिरुद्दीनबीच सित युद्ध, एक अर्काप्रति कटाक्ष

बलिउड फिल्ममेकर विवेक अग्निहोत्रीले कलाकार नसिरुद्दीन साहलाई वुढो भएको र जीवनदेखि दिक्क भएको भन्दै आलोचना गरेका छन्। आफनो फिल्मलाई लक्षित गरि नसिरुद्दीनले ‘हानिकारक’ भनेपछि उनले यस्तो बताएका हुन।
नसिरुद्दीनले ‘द कश्मीर फाइल्स’, ‘केरला स्टोरी’ र ‘गदर २’ जस्ता फिल्मलाई हानिकारक भनेका थिए। अग्निहोत्री अहिले फिल्म ‘द भ्याक्सिन वार’का कारण चर्चामा छन्।
‘द कश्मीर फाइल्स’ रिलिज हुँदा निकै विरोध भएको थियो। फिल्ममा कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको थियो।
आफ्नो फिल्मको बारेमा टिप्पण सुनेपछि अग्निहोत्रीले जवाफ फर्काएका छन्। ‘म दाबीका साथ भन्छु उनलाई भारतमाथि आलोचना गरिएको फिल्म मनपर्छ। उनी निराश छन्। उनी सधैं नकारात्मक समाचार र नकारात्मक कुराहरूमा विश्वास गर्छन्। त्यसैले मलाई थाहा छैन कि नसीर भाइलाई के मन पर्छ।’ उनले भनेका छन्।
प्रतिक्रिया