मेयरको टिकटका लागि आरजुलाई २ करोड बुझाएको दावी गर्नेलाई उन्मुक्ति, कुरा सुन्नेलाई कारवाही

काठमाण्डौं– पाँचथरको फिदिम नगरपालिकाको मेयर उम्मेदवारको टिकट लिन कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा. आरजू राणालाई दुई करोड रुपैयाँ बुझाएको अडियो प्रकरणमा एक जनालाई कारवाही भएको छ।
अडियो सार्वजनिक भएपछि कांग्रेसले त्यसको अनुशन्धान गरी नगरसभापति प्रकाश गुरुङलाई कारवाही गरेको हो। कांग्रेसको केन्द्रीय अनुशासन समितिले गुरुङलाई तीन वर्षका लागि पार्टीबाट निलम्बन गरेको संयोजक आनन्द ढुंगनाले वताए।
अडियोमा २ करोड वुझाएको दावी गर्ने सन्तोष श्रेष्ठलाई भने माफी दिएर कारवाहीबाट जोगाईएको छ। ढुंगानाले जिल्लाबाट गुरुङलाई कारबाही गर्न सिफारिस गरिएअनुसार अनुशासन समितिको असोज ३ गते बसेको बैठकले कारबाही गर्ने निर्णय गरेको वताए।
स्थानीय तह निर्वाचन सकिएको एक वर्षपछि गत असारमा उक्त अडियो सार्वजनिक भएको थियो। अडियोमा मित्र प्रसाद काफ्लेको तर्फबाट आरजुलाई पैसा बुझाएको भन्दै श्रेष्ठले गुरुङलाई सुनाएका थिए। निर्वाचनमा गुरुङ पनि टिकटका दावेदार थिए।
गुरुङले भन्जा भनेका श्रेष्ठले काफ्लेबाट दुई करोड अर्थात् ‘दुई खोका’ आरजुलाई दिइसकेको बताएको अडियोमा सुनिन्छ। गुरुङले भने टिकट नपाउँदा दुःखी भए पनि घुमाउरो शैलीमा ‘ठीक छ, मिसन सक्सेस् भान्जा’ भनेका छन्।
गुरुङलाई फकाउने शैलीमा श्रेष्ठले ४ नम्बर (फिदिम–४ को वडाध्यक्ष) को निर्णय नगरिएको भन्दा गुरुङले फेरि सोधेका छन्, ‘दुई करोड क्यास नै आरजु राणालाई नै पु¥याएको हो नि ?’ भन्दा श्रेष्ठले ‘अँ, आरजुलाई नै हो’, भनेका छन् ।