नायक अनमोल केसीलाई थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी, थापासहित २ जना फरार

काठमाडौं– नायक अनमोल केसीलाई ठगी अभियोग लगाएर प्रहरी हिरासतमा पुर्याएका चलचित्र निर्माता सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात आरोपमा थापाविरुद्ध जाहेरी दिएका छन्।

वस्नेतको जाहेरीपछि पक्राउ पुर्जी जारी भएको हो। चलचित्र ‘प्रसाद २’ को विवादमा सुदर्शनसँगै पक्राउ पुर्जी जारी भएका ओएसआर डिजिटलका मालिक झापाको दमक निवासी ओमप्रकाश अग्रवाल पक्राउ परिसकेका छन्।

उक्त चलचित्र स्वदेश तथा विदेशमा प्रदर्शन गरी डेढ करोड रुपैयाँ हानी पु¥याएको भन्दै उजुरी परेपछि अग्रवाल पक्राउ परेका हुन्। त्यही प्रकरणमा थापा र मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी भएका उनीहरु दुवैजना फरार छन्।

यसअघि सुदर्शन थापाले जाहेरी दिँदा अनमोल केसी तीन दिनसम्म थुनिएका थिए। अब उनै थापाविरुद्ध पनि ठगी आरोपमा उजुरी परेको हो। अनुमति नै नलिई अग्रवाल, थापा र श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरेर आफूलाई एक करोड ५० लाख रुपैयाँ हानी गरेको बस्नेतले आरोप लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट