लुटेरा समाउन प्रहरीले गोकर्णेश्वरमा गोली चलायो, १ जना घाईते

काठमाडौ– काठमाडौको गोकर्णेश्वरमा प्रहरीले गोली चलाउँदा १ जना घाईते भएका छन्। लुटेरा समुहलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो।

गोकर्णेश्वर नगरपालिका ३ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । तीन वटा मोटरसाइकल चढेर लुटेरा समूह आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको हो। ‘लुटेराहरू लुट्न आउँदैछ भन्ने सूचना पाएका थियौं। सोअनुसार प्रहरी टोली पुगेको थियो,’ उनले भने, ‘प्रहरीलाई देखेर उनीहरूले पेस्तोल ताकेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएका हौं।’

प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा प्रहरीको नियन्त्रणमा छन्। गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूबाट एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ। घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट