कोशीमा सत्ताको चावी खोसिएपछि प्रचण्डले लाच पचाएः कार्कीजी गठवन्धनकै मुख्यमन्त्री हो

काठमाडौं– कोशीमा आफनो दाउ नचलेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले लाज पचाएर ‘मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको’ बताएका छन् ।

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालासँग वसेर आफुहरुले एउटा समझदारी बनाएको दावी गरेका दाहालले ‘हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ’ भन्दै वताए।

‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं’– उनले भने।

कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर, कांग्रेसको शेखर कोईरालाका विश्वास पात्र नेता केदार कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरे। अन्तिम अवस्थासम्म उनलाई र उनलाई समर्थन गर्ने कांग्रेसका अन्य ७ जना प्रदेश सांसदलाई फिर्ता हुन दबाव दिईयो।

राष्ट्रपति, प्रधानमन्त्रीसम्मले फोन गरेर शेखर कोईरालाई दबाब दिए। तर, उनी ब्याक नभएपछि प्रदेश प्रमुखले प्रकृयालाई लम्ब्याउन नसकेर मुख्यमन्त्रीका कार्कीलाई नियुक्त गरे। गठवन्धनका उम्मेदवार इन्द्र आङबो भने वहुमत नपुग्ने भएपछि सनाखतका लागि उपस्थित नै भएनन्।

गठबन्धनमा विद्रोह गरेर एमालेको सहयोगमा सरकार गठन गरेको यही प्रसंगलाई दाहालले ‘कोशीमा समस्या देखिएको तर, त्यसलाई समाधान गरेको’ दावी गरे। कोशीमा तत्काल गठवन्धनको सरकार बन्ने र सर्वपक्षीय सरकार चाहीँ नबन्ने उनको टिप्पणी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट