कोशीमा देउवाको सहमतिमै कार्कीलाई मुख्यमन्त्री बनाइएको शेखरको खुलासा

विराटनगर– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा .शेखर कोइरालाले कोशीमा भएको राजनीतिक खिचातानी पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमै भएको खुलासा गरेका छन्।
विराटनगर विमानस्थलमा शुक्रवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाकै सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको दावी गरे।
कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा सरकार निर्माण गरिएको उनको भनाई छ। कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने उनले बताए।
आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी उनले दिए। कोशी प्रदेशमा विषम परिस्थिती भएकाले विद्रोह गरिएको भन्दै उनले संघीय सरकार र अन्य प्रदेशमो त्यसको असर नहुने कोईरालाले जिकिर गरे। लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको उनको भनाई छ।