स्वार्थका लागि मात्रै भेट्ने प्रचण्ड र ओलीबीच २ घण्टासम्म के भयो कुराकानी ?

काठमाडौं– सम्वन्धमा खासै घनिष्टता नभएपनि ब्यक्तिगत तथा पार्टीको स्वार्थका लागि भेटघाट गर्दै आएका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच आज फेरी भेटवार्ता भएको छ।

शुक्रबार सिंहदरबारमा दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनीहरुबीच पछिल्लो देशको राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको १२ गतेदेखि हुने नेपाल भ्रमण, नेपालको पछिल्लो राजनीतिक अवस्था र संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्याउने विषयमा दुई नेताबीच छलफल भएको जनाईएको छ।

गुटरेस र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका विषयमा उनीहरूबीच छलफल भएको छ। अमिर शेख कात्तिक २० गते नेपाल आउने तयारीमा छन्। पछिल्लो राजनीतिक अवस्थाका विषयमा सबै दल मिलेर जाने विषयमै समझदारी जुटाउन छलफल भएको छ।

यसैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसद्बाट छिटो पारित गर्ने विषयमा पनि दाहाल र ओलीबीच छलफल भएको छ।

छलफलमा बेपत्ता नागरिक खोजबीनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संसद्मा अघि बढाउन सकारात्मक रहेको ओलीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट