प्रचण्ड परिवारमा छिर्न नपाएपछि अमेरिका बसाईँ सरिन वुहारी सिर्जना त्रिपाठी
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठी अमेरिका बसाइँ सरेकी छन् । प्रचण्डका दिवङ्गत पुत्र साकार दाहाल ‘प्रकाश’ की दोस्रो पत्नी सिर्जना छोरा प्रसिद्धका साथ गएराति अमेरिका गएकी हुन।
प्रकाश छँदै परिवारसँग उत्तिसारो सम्बन्ध राम्रो नभएकी सिर्जना छोरा प्रसिद्धका साथ कास्कीको हेम्जामा बस्दै आएकी थिइन्। कास्की उनको माईती हो। राजनीतिक जिम्मेवारीका हिसाबले सिर्जना नेकपा (माओवादी केन्द्र), कास्की जिल्ला समिति सदस्य थिइन् ।
गत स्थानीय सदस्य निर्वाचनमा उनलाई पोखरा महानगरपालिका उपप्रमुखमा सिफारिससमेत गरिएको थियो। प्रकाशले विना मगरसँग तेस्रो विवाह गरेपछि परित्यक्त भएकी उनको वसाई माइतीघरमा थियो। उनले २०७२ सालमा पहिलो पटक माईतीबाटै आफु परिवारबाट प्रताडित भएको गुनासो गरेकी थिईन।
देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी उनले ससुरा असल मान्छे रहेको र उनले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत वस्नु परेको बताएकी थिईन।
प्रकाश र सिर्जनाबीच ३ माघ ०६४ मा पोखरा पृथ्वीचोक स्थित वाइसिएल क्याम्पमा झ्याईं झ्याईं बाजा बजाएर विवाह भएको थियो। जति वेला उनी १७÷१८ वर्षकी थिईन। प्रकाश आफैँले मन पराएर उनलाई विवाह गरेका थिए। तर, पछि प्रकाशले एउटा पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिए।
सिर्जना परिवारबाटै घरेलु हिंसाका सिकार भईन। प्रकाशले तत्कालिन नेकपा माओवादीका अग्रज नेता पोष्टबहादुर बोगटीकी छोरीसँग डिभोर्सपछि सिर्जनासँग बिवाह गरेका थिए। प्रकाशले तेस्रो श्रीमतीका रूपमा फेरी अर्कैको श्रीमती बिना मगरसँग बिहे गरेपछि सिर्जना परिवारबाट वहिस्कृत जस्तै भईन।
३ मंसिर ०७४ मा प्रकाश दाहालको असमायिक निधन भएपछि प्रचण्डले नाती प्रशिद्धलाई काठमाण्डौंमै राखे । तर, सिर्जनालाई घरभित्र छिर्ने वातावरण मिलेन । पतिको निधनपछि दुई श्रीमती मध्ये बिना सांसद हुँदै मन्त्री बनिन् । तर प्रकाश नै पति हो भनेर एकल जीवन जिउँदै आएकी सिर्जनाले प्रचण्ड परिवारबाट कुनै सहानुभूति समेत पाईनन्।
नेकपा अध्यक्ष प्रचण्ड निवासमा प्रकाश दाहालको प्रथम पूण्यतिथीमा आयोजित सार्वजनिक कार्यक्रममै पनि सिर्जनामाथि अपमानजनक व्यवहार भयो। कार्यक्रममा सिर्जनलाई बोलाईएको थिएन। तर उनी त्यहाँ पुगेपछि सरसफाई तथा खानेपानी मन्त्रीसमेत रहेकी बिनाले सिर्जनालाई ‘तपाई किन आउनु भएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेको प्रत्यक्षदर्शी सुरक्षाकर्मीले खुलासा गरेका थिए। त्यसपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन् ।
प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम राखिएको थियो। स्मारिकामा बिना मगरले प्रकाशको बैबाहिक जीवनका सन्दर्भमा सिर्जना र उनीभन्दा पहिलेकी प्रथम पत्नीलाई चोट पर्ने कुराहरु लेखेको भन्दै आलोचना भएको थियो।
नयाँ बैबाहिक जीवनमा रहेकी प्रकाशकी प्रथम पत्नीले फेसबुकबाटै सांकेतिक रुपमा बिना मगरप्रति कटाक्ष गरेकी थिईन।