महोत्तरीको औरहीमा २० वर्षमुनिका ५ किशोरी ३ दिनदेखि वेपत्ता

जनकपुर– महोत्तरीको औरही नगरपालिका–२ का ५ किशोरी मंगलबारदेखि एकै पटक वेपत्ता भएका छन्। वेपत्ता भएका किशोरीहरु १५ देखि २० वर्षका छन्।

महोत्तरीका डीएसपी दीपक गिरीका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा र २० वर्षीय रूवी सदा मंगलबार दिउँसो साढे ११ बजेदेखि सम्पर्क विहिन छन्।

उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ। विपन्न परिवारका किशोरीहरु परिवारको दुःख देखेर कामको खोजीमा भारततिर गएको हुन सक्ने अनुमान छ।

डिएसपी गिरीले बताए अनुसार वेपत्ता मध्येकी एक किशोरीले आमालाई फोन गरेर ‘हामी ठीक छौं, खोज्नु पर्दैन’ भनेको पाईएको छ। तर, उनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने खुलेको छैन। यिनीहरू कामकै लागि योजना बनाएर हिँडेको हुनसक्ने अनुमान गरिएपनि उनीहरु दुरूपयोग हुनसक्ने डरले खोजी जारी राखेको केसीले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट