दुर्गा प्रसाईँको आरोपः मेडिकल शिक्षा सिध्याउने तोसिमा कार्कीहरू हुन्

ललितपुर– राजसंस्था फर्काउन आन्दोलनरत मेडिक ब्यवसायी दुर्गा प्रसाईँले मुलुकमा मेडिकल शिक्षा सिध्याउने रास्वपाकी सांसद डा. तोसिमा कार्कीलगायत रहेको आरोप लगाएका छन्।
शनिवार तोसिमाकै निर्वाचन क्षेत्र लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईँले यस्तो आरोप लगाएका हुन। डा. गोविन्द केसीलाई बोकेर तोषिमा लगायतकाले देशको शिक्षा र स्वास्थ्य क्षेत्र सिध्याएको उनको आरोप छ।
उनले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सिध्याउने मतियारको रुपमा तोसिमालाई प्रश्तुत गरे। उनके कारण अहिल देशमा नर्सिङ पढाइ नै हुन छाडेको प्रसाईँको दाबी छ।
‘यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् । गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन्। तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ’ उनले भने–‘यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण। अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ। खोइ त मेडिकल उद्योग?’
प्रसाईँले पुस मसान्तमा धेरैले आत्महत्या गर्ने भन्दै अब देश मारवाडीको कब्जामा गइसकेको आरोप समेत लगाए।