राष्ट्रियसभामा भाग खोजेर गठवन्धनमा दरार ल्याएपछि ओली–लामिछाने १ घण्टा बार्ता

काठमाडौं– सत्ता केन्द्रित राजनीतिमा प्रायः सगै रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज ओली निवास बालकोटमा १ घण्टा लामो वार्ता भएको छ।

अध्यक्ष ओलीलाई भेट्ना सभापति लामिछाने बालकोट पुगेका थिए। लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए। ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट नभएको एमालेका ती नेता बताउँछन्।

पछिल्लो भेटमा समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए। उनले भने, ‘उहाँहरूबीच भेटवार्ता नभएको लामो समय भएको थियो। संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुन सामान्य हो। तर, कुनै एजेण्डा होइन।’

रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका थिए। राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ। ओलीले आजै पार्टीको सचिवालय बैठक पनि राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट