राष्ट्रिय सभा उम्मेदवारको योग्यताः जनमत नभएका, चुनाव हारेका र काखीमा अटाउने !

राजविराज– संविधानले स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेको राष्ट्रिय सभालाई राजनीतिक दलले नेता ब्यवस्थापन स्थल र कार्यकर्ता भर्तिकेन्द्र बनाउन थालेका छन्।

प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलनलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेको हो। जहाँ सिमान्तकृत, लोपन्मुख समुदायलाई पनि शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासको कल्पना गरिएको छ।

तर, राजनीतिक दलहरुले भने जनमतबाट कहिलै चुनाव जित्न नसक्ने, जनताबाट तिरस्कृत तर पार्टीगत भागवण्डा र ब्यक्तिगत स्वार्थका लागि काखी च्याप्ने पर्ने ब्यक्तिहरुलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने गरेका छन्। पछिल्लो पटक दलहरुले छनौट गरेका कतिपय उम्मेदवार हेर्दा राष्ट्रिय सभामा जाने उनीहरुको योग्यता भनेकै ‘चुनाव हार्नु’ हो।

मेयरको चुनावमा तेस्रो बनेकी सम्झनालाई सांसदको टिकट
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दा गण्डकी प्रदेशबाट महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटाको नाम आएको छ।

एमाले प्रदेश समितिले महिला क्लष्टरमा देवकोटासहित कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम केन्द्रमा पठाएको थियो। केन्द्रले देवकोटालाई अघि सार्ने निर्णय गरेको छ। उनी गएको स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिका मेयरमा उम्मेदवार बनेर तेस्रो भएकी थिइन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण राना ८ हजार २ सय ९५ मत ल्याउँदै विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजनराज पन्तले ६ हजार ४ सय ५६ मत प्राप्त गरेका थिए। पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी देवकोटाले भने ४ हजार ९०९ मा चित्त वुझाउनु परेको थियो।

प्रदेशमा हारेकी नेताकी छोरीलाई टिकट
जसपाले सत्ता गठवन्धनमा भागवण्डा गर्दा आफुले पाएको एक सिटमा गत प्रदेश सभाको चुनाव होरेकी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन्।

रौतहटकी पूजा ०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३(क) मा पराजित भएकी थिइन्। स्वतन्त्र उम्मेदवार केशव राय १२ हजार २५५ मतसहित विजयी हुँदा उनले १० हजार १३२ मतमा चित्त वुझाउनु परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट