सत्ता गठवन्धनका ३ जनाको मत चोरेर कोशीबाट एमालेकी कोइराला सांसद निर्वाचित
विराटनगर– कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन्।
बिहीबार भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन्।
एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४ हजार ९९२ मतभार पाइन्।
प्रदेशसभा सदस्यको मतभार ५३ छ । गठबन्धनका तीन सांसदले एमालेका उमेदवारलाई मतदान गरेको खुलेको छ।
प्रतिक्रिया