आफु घरको तेस्रो तलाबाट हाम फाल्नुअघि रविनाले छोरा–छोरीको हत्या गरेको प्रहरीको निष्कर्ष

काठमाडौँ– ललितपुरमा शनिवार २ बालबालिकासहित ३ जनाको मृत्यु भएको प्रकरणमा ट्वीस्ट आएको छ। तीन तलामाथिबाट हामफालेकी महिलाले नै २ जना छोराछोरीको हत्या गरेर आफुले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

महालक्ष्मी नगरपालिका–३ इमाडोलस्थित ओचुहाइटकी २६ वर्षि रविना महर्जनले शनिवार आफनै घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेकी थिईन। उनलाई खस्दाखस्दै स्थानीयले देखेर तत्काले उद्वार गरी अस्पताल पुर्याएका थिए। घरभित्र जाँदा दुई जना बालबालिका छुट्टाछुट्टै कोठामा वेहोस थिए।

तीनै जनालाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो। अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवाको हत्या गरेर रविनाले आत्महत्या रोजेको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।

प्रहरीका अनुसार आमा र छोराछोरीको शव पाटन अस्पतालमा पोस्टमार्टम हुँदैछ । पोस्टमार्टममा संलग्न चिकित्सकहरूले ‘श्वास बन्द भएर’ दुई नाबालकको मृत्यु भएको अनुसन्धान अधिकृतहरूलाई जानकारी दिएका छन्। तर, पूर्ण रिपोर्ट भने आएको छैन।

नाबालकहरूको मुखमा केही खाएको जस्तोपनि देखिएको एसपी कार्कीको भनाई छ। घटना हुँदा घरमा रविनाकी सासू मात्रै थिइन्। उनी शारीरिक रूपमा अशक्त छिन्। रविनाका पतिछ भने त्यस वेला घरमा नभएको प्रहरीले जनाएको छ।

रविनाले यस्तो भयंकर योजना किन वनाईन भन्ने खुलेको छैन।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट