शालीन पोखरेलको पोष्टमार्टम रिपोर्टले देखाएन बलात्कार

काठमाडौं– चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको बलात्कार नभएको रिपोर्ट आएको छ।
पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पतालमा गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको छ।
गत शनिबार बिहान होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा शालिनको शव फेला परेको थियो। शालिनका अभिभावक र आफन्तले उनको बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका थिए।
उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन्। उक्त जाहेरीकै आधारमा प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतले अनुशन्धानका लागि उनीहरुलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको छ। खेर अनुसन्धान गरिरहेको छ।
र, यो पनि
- १० वर्षदेखि ममताविहिन शालिनः बुबा कान्छी ल्याएर काठमाडौ पसे, आमा पाकिस्तानीसँग दुवई
- गायिका समीक्षा अधिकारी भन्छिनः समाजमा दुई किसिमका बलात्कारी हुँने रहेछन्
- अनुशन्धान चलिरहेकै वेला चितवन प्याब्सनको दावी– शालिनको मृत्युमा शिक्षकको हात छैन
- चितवनमा मृत फेला परेकी शालिनको सुसाईड नोट भेटियो, प्रिन्सिपलसहित ३ जना पक्राउ
- विद्यालयको होस्टलमा बसेकी बालिका मृत फेला, बलात्कार गरी हत्या गरेको आशंका