गायीका एलिना चौहानको कार्यक्रम वहिस्कार गर्ने साउन्ड सिस्टम कम्पनीको चेतावनी

काठमाडौं– चर्चित नेपाली गायिका एलिना चौहान बेलाबखत विवाद र चर्चामा आईरहन्छिन। पछिल्लो पटक पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित एक महोत्सवमा सहभागि हुँदा साउन्ड टेक्निसियनसँग भनाभन भएपछि उनी फेरी विवादमा परेकी छिन्।

यो घट्नालाई लिएर ५ वटा साउन्ड सिस्टम कम्पनीले एलिनालाई वहिस्कार गर्ने चेतावनी समेत दिएका छन्। पाँच साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनाले टेक्निसियनलाई अमर्यादित व्यवहार गरेको आरोप लगाएका छन।

एलिनाले यो प्रकरणमा माफी माग्नु पर्ने उल्लेख गर्दै त्यसो नगरे उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिईएको छ। ‘साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्नेजस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौ’– विज्ञप्तिमा भनिएको छ।

एलिनाले कुस्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यसअघि पनि मञ्चमा थुप्रैपटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने गरेको आरोप विज्ञप्तिमा लगाइएको छ। आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्दै विज्ञप्तिमा कामना गरिएको छ।

गत २० फागुनमा कुस्मामा आयोजित महोत्सवमा साउन्ड सिस्टम खराब भएपछि टेक्निसियनसँग एलिनाको भनाभन भएको थियो। एलिनाले टेक्निसियनलाई सिस्टम मिलाउन आग्रह गर्दा टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस’ भन्दै अपमान गरेका थिए।

एलिनाले पनि ‘तपाईलाई लाज लाग्दैन ?’ भन्दै जवाफ फर्काएपछि भनाभन भएको भीडीओ सार्वजनिक भएको थियो। यो भनाभनपछि दर्शकले साउन्ड सिस्टम सञ्चालकमाथि आक्रोश ब्यक्त गरेका थिए भने एलिना आफ्नो प्रस्तुति नसकी महोस्वबाट बाहिरिएकी थिइन्।

यो घटनाको पाँच दिनपछि एलिनामाथि नै दोषारोपण गरेका हुन् ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट