‘बालेन्द्रलाई के गर्ने ?’ भनेर गोप्य बैठक बसेको प्रचण्डले स्विकारे

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौंका मेयर बालेन्द्र साहलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गोप्य वैठक राखेको खुलास गरेरपछि प्रधानमन्त्रीले त्यस बारे मुख खोलेका छन्।

केही महिनाअघि पत्नी चढेको गाडी ट्राफिकले रोकेको रिसमा ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै स्ट्याटस लेखेपछि बालेन्द्रलाई पक्राउ गर्न प्रधानमन्त्री दाहालले वैठक राखेको भन्दै राउतले अन्तरवार्ता दिएका थिए। बालेन्द्रलाई पक्राउ गर्ने कुरामा आफुले असहमति जनाएको र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पनि पक्राउ गर्न नहुने वताएपछि दाहाल ब्याक भएको उनको भनाई थियो।

राउतको भनाईमा प्रधानमन्त्री दाहाल र तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ वालेन्द्रलाई पक्राउ गरिहाल्नु पर्ने पक्षमा थिए। प्रधानमन्त्री दाहालले भने राउतको भनाइको खण्डन गरेका छन्। उनले मेयर जस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भन्याजस्ता अभिव्यक्ति दिएपछि यो अभिव्यक्ति ठीक भएन भनेर छलफल चलाईएको स्विकारे।

‘बालेनले चुनाव जित्दा मैले उहाँलाई नेपालको लोकतान्त्रिक बगैँचामा फूलेको एउटा नयाँ फूल भनेको थिएँ। त्यो कुरा बालेनलाई पनि थाहा छ, सबै नेपालीलाई थाहा छ’ दाहालले भनेका छन्, ‘जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु भन्याजस्ता अभिव्यक्ति दिएपछि यो अभिव्यक्ति ठीक छैन भनेर हामीले छलफल गरेकै हो। तर गिरफ्तार गरिहाल्नुपर्ने भन्ने निर्णय गरेको होइन। के गर्नुपर्छ? उहाँलाई ल्याएर स्पष्टीकरण सोध्नपर्ने हो कि? अरू केही गर्न पर्ने हो कि? चर्चा भएकै हो। किनभने काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भनेर त हिन्न भए न नि भन्ने सन्दर्भमा चलेको कुरा हो त्यो।’

यही कुरालाई अहिले सत्ता गठबन्धनबाट बाहिरिएपछि सीके राउतले बढाइचढाइ गरेर आफू र बालेनका बीचमा झगडा लगाउन खोजेको तर त्यो सफल नहुने प्रधानमन्त्री दाहालले बताएका छन्। ‘सीकेजी अहिले अर्काे फ्लोरमा हुनुहुन्छ, त्यसो भएर उहाँले कहाँबाट झगडा पारौँ बालेन र प्रचण्डको बीचमा भनेर सोच्नुभा होला, पर्दैन’, प्रधानमन्त्री दाहालले भनेका छन्, ‘मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैँचाको फूल भनेको छु, त्यही मानेको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट