पल शाहको जिल्लामा समिक्षाले दर्शक नै पाईनन्, २३ जना देखेपछि स्टेजमै नचढी फिर्ता

काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका समिक्षा अधिकारी दर्शक नपाएर एउटा कार्यक्रममा स्टेज नै नचढी फिर्ता हुनु परेको छ।

गत शनिवार दाङको तुलसीपुरस्थित अरनिको मैदानमा प्रकृति कला केन्द्रले आयोजना गरेको कन्सर्टमा समीक्षा साङ्गीतिक प्रस्तुति दिन पुगेकी थिईन। उनी कार्यक्रममा निर्धारित समयमै पुगेकी थिईन। तर, प्रस्तुती नै नदिई फर्किईन।

जानकारी अनुसार कन्टर्समा दर्शकको उपस्थिती नगन्य (२३ जना) थियो। त्यसपछि उनी स्टेज नै नचढी फर्किनु परेको जनाईएको छ। दर्शक अभाव भएपछि आयोजकले उनलाई सहज वातावरणमा कार्यक्रम नगरी फर्किने व्यवस्था मिलाएको जनाईएको छ।

यस्तो हुनुका पछाडि धेरैले धेरै खाले तर्क गरिरहेका छन्। कतिपयले भने पल शाहसँगको खटपटीका कारण समिक्षालाई वहिस्कार गरेको रुपमा अर्थ्याएका छन्। दाङ पल शाहको गृह जिल्ला हो। पल र समीक्षा अधिकारीको बिचमा विगतमा तनावपूर्ण अवस्था रहेको जगजाहेर छ।

दुई जनाबीचको सम्वन्धलाई लिएर दाङमा अधिकारीलाई प्रतिबन्ध नै लगाइएको थियो। तर, होलीको कार्यक्रमका लागि उनी दाङ पुगेकी थिइन्। तर, उनलाई हेर्न कुनै पनि दर्शक कार्यक्रममा सहभागी नभएको जनाईएको छ।

पल शाह जेलबाट छुटेर दाङ जाँदा उनलाई हेर्न करिब १० हजार दंगाली दर्शकले १ हजार मूल्यको टिकट काटेका थिए। तर, समीक्षा सहभागि हुने कन्सर्टमा १ सयको टिकट काटेर जम्माजम्मी २३ जना दर्शक जम्मा हुनुलाई उनीहरुको सम्वन्धकै कारण भएको अर्थ्याईएको छ।


प्रतिक्रिया

One thought on “पल शाहको जिल्लामा समिक्षाले दर्शक नै पाईनन्, २३ जना देखेपछि स्टेजमै नचढी फिर्ता

  1. दुर्गेश थापा जोति मगर जस्तालाई नि यसरी बहिस्कार गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट