१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाएको आरोपमा उदयपुरका एक युवक पक्राउ

काठमाडौं– नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक खाजा घरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर घर भई काठमाडौं महानगरपालिका–१६ बालाजुमा ‘लाफा’ खाजाघर सञ्चालन गर्दै आएका २३ वर्षीय नवीनकुमार मगरलाई प्रहरीले पक्राउ गरेको हो। मगरको स्थायी ठेगाना उदयपुरको उदयपुरगढी गाउँपालिका–६ हो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई खाजाघरबाटै आइतबार पक्राउ गरेको हो। मगरले नाबालिकालाई डर, त्रास र प्रलोभनमा पारेर यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि पक्राउ गरिएको ब्यूरोका एसपी ज्ञानेन्द्र फुयालले बताए।
मगरले गत फागुनदेखि १३ वर्षीया नाबालिकालाई डर, त्रासमा पार्दै यौन क्रियाकपलामा लगाउने गरेको दाबी प्रहरीले गरेको छ। पक्राउ परेका मगरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ।