सहकर्मीलाई यौन दुर्व्यवहारको आरोप लगाएकी डेपुटी गभर्नर अनुयायीलाई करणी गरेका शिद्धबाबाको आश्रममा पुगेपछि…

काठमाण्डौं– आफुभन्दा सिनियर कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै कारवाहीका लागि गभर्नर समक्ष उजुरी गरेपछि राष्ट्र बैंककी एक जना डेपुटी गभर्नर गत फागुनमा चर्चामा आईन। २७ पुसमा बैंकले नगरकोटको एउटा रिसोर्टमा आयोजना गरेको स्ट्रेस म्यानेजमेन्टसम्बन्धी कार्यक्रममा सहभागी हुँदा आफुमाथि दुर्व्यवहार भएको उनको आरोप थियो।

तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला मदिराले लठ्ठ भएका ति कर्मचारीले दौडिएर आई आफुलाई पछाडिबाट अंगालो हालेको उनले बताएकी थिईन। उनको यही उजुरीका आधारमा वैंकका निर्देशक थानेश्वर आचार्य कार्वाहीमा परे। ३० फागुनमा उनलाई सेवाबाट हटाईयो।

बैंकका कर्मचारीहरुका अनुसार उक्त विषयमा आचार्यले ती महिला कर्मचारीसँग माफी पनि मागेका थिए। एक प्रकारको सहमति पनि भएको थियो। दुवैकाबीचमा सौहाद्रपूर्ण सम्वन्ध स्थापित भईसकेको थियो। तर, केही दिनपछि नै उनले आचार्य विरुद्ध उजुरी दिएको उनीहरुको भनाई छ।

अहिले फेरी उनै डेपुटी गभर्नर चर्चामा छिन्। बलात्कारको आरोप लागेर मुद्दा खेपेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई आश्रममै गएर भेटेको विषयमा सामाजिक सञ्जालमा उनको चर्चा छ।

डेपुटी गर्भनर कृष्णदासको आश्रम पुगेर फर्केलगत्तै बैंककी एक जना महिला निर्देशकले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘आखिर प्रभुकै शरणमा पुगियो है ?’ दोहोरो अर्थ लाग्ने उक्त व्यहोराको व्याख्या गर्दै एक जना कार्यकारी निर्देशकले भने, ‘वहाँ भावी गभर्नरको लागि तयारी गर्दै हुनुहुन्छ। बाबा कृष्णदासलाई भेटेपछि आगामी चैतमा गभर्नर वन्ने आशाले त्यता गएको हुनसक्छ।’

तर, सामाजिक सञ्जालमा भने उनको आलोचना भईरहेको छ। सहमति गरिसकेरपछि आफनै हाकीमलाई दुर्व्यवहारको आरोप लगाएर कारवाही गराएकी महिला बलात्कारको आरोप लागेका बाबाको शरणमा पुग्नु अनौठो भएको भन्दै सञ्चालमा उनको आलोचना तिव्र भएको छ।

कृष्णदास महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका ब्यक्ति हुन। अदालतले सहमति करणी भन्दै उनलाई सफाई दिएको हो। ती अनुयायीले ४ कात्तिक ०७६ को राति आफूलाई बाबाले जबरजस्ती करणी गरेको दाबी गर्दै ११ मंसिरमा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *