छोरासहित श्रीमती हराएर खोज्दै काठमाडौं पुगेका ब्यक्तिले छोरो श्रीमतीका प्रेमीको भएको थाहा पाएपछि…
काठमाडौं– केही समयअघि कञ्चनपुरबाट एक ब्यक्ति छोरा र श्रीमती हराए भन्दै काठमाडौं प्रहरीमा उजुरी दिन आए। काठमाडौं प्रहरीले ति ब्यक्तिका सबै कुरा सुनेपछि दुई जना मान्छे हराएको विषयलाई गम्भिर रुपमा लियो।
उजुरी महिला सेलमा फरवार्ड गरिदियो। महिला सेलले एक महिला र बच्चाको खोजतलास सुर्यो। खोजविनकै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेष्टिक तर्फको सीसीटीभीमा ती ब्यक्तिका श्रीमती र छोरा देखिए। ती पुरुषले भने अनुसार नै दुई जना क्यामेरामा कैद भएको देखियो।
एक जना युवाले मोटरसाइकलमा हालेर लगेको देखेपछि प्रहरीले मोटरसाईकल नम्बरका आधारमा उनीहरुको खोजी सुरु गर्यो। नभन्दै मोटरसाईकल चलाउने ब्यक्ति फेला परे। ति ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भने प्रहरी नै छक्क पर्यो।
‘मलाई दाइले भाउजू र भतिजलाई लिएर आइज भन्नुभयो, मैले ल्याइदिए।’ उनले प्रहरीसँग भनेका छन्। उनले दाई भनेका सरकारी विद्यालयका शिक्षक थिए। उनी कञ्चनपुरमा रहँदा ती महिलासँग अफेयरमा रहेको खुल्यो। छानविन गर्दै जाँदा उनीहरुको बीचमा अहिले पनि पहिलाकै जस्तो सम्वन्ध रहेको देखियो।
उनीहरुका विषयमा प्रहरीले अझै आश्चर्य लाग्दो कुरा फेला पार्यो। एक दिन राती सुतिरहेका वेला ती महिलाले आफनो श्रीमानलाई ‘तपाईं मेरो कुन चाहिँ कुरा मनपराउनु हुन्न’ भनेर सोधेकी थिईन। जवाफमा श्रीमानले ‘अर्को केटासँगको लशपश र यौन सम्पर्क राखेको मलाई मन पर्दैन’ भनेका थिए।
त्यसपछि ती महिलाले विवाह अगाडि आफ्नो एउटा केटासँग अफेयर चलेको बताईन। श्रीमान छाँगाबाट खसेझै भए। तर, विगतलाई स्विकार्नु वाहेक उनीसँग अर्को विकल्प थिएन। त्यसैले उनले ‘पहिला जे भयो–भयो, अब चै त्यस्तो नगर्नु’ भनेर सम्झाए। महिलाले पनि उनको कुरा मानेझै गरिन।
तर, महिला जुन दिन कञ्चनपुरबाट जहाज चढेर आएकी थिइन्, त्यो दिन उनी श्रीमानलाई चिठ्ठी नै लेखेरा भागेको फेला पर्यो। उनले श्रीमानलाई लेखेको पत्रमा ‘एउटा छोरा तपार्ईंलाई, अर्को मलाई’ भनेर उल्लेख थियो।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि उक्त पत्रको गुदी पत्ता लगाउन खोज्यो। महिला सेलका प्रहरीले ती महिला, उनका प्रेमी र श्रीमानलाई सँगै राखेर सोधपुछ गर्दा कान्छो चै छोरा पतिको नभएर प्रेमीको भएको बताईन। उनको कुरा सुनेपछि श्रीमान सल्याकसुलुक भए। कुराकानी चल्दै गयो। अन्त्यमा अव के गर्ने त ? भन्ने विषयमा छलफल हुन थाल्यो।
त्यति हुँदा पनि श्रीमान भने श्रीमतीलाई घर लान तयार भए। यती मात्रै होईन, श्रीमतीले ‘आफु प्रेमीसँगै जाने’ भन्दै डिभोर्स दिने बताएपछि उनी भक्कानिए र श्रीमतीलाई अँगालो हालेर रोए। महिला सेलका प्रहरीहरु भन्छन्–‘त्यति माया गर्ने लोग्ने हुँदा हुँदै ति महिलाले के गरेको होला ? भनेर हामी छक्क पर्यौं।’
प्रहरीले त्यसपछि कागज गराएर उनीहरुलाई आफन्तको जिम्मा लगाएर छोडेको प्रहरी बताउँछ।
यो पनि,