पूर्वएआईजी रणबहादुर चन्दको उजुरीपछि तारा बराल पक्राउ परेको खुलासा

काठमाण्डौं– स्वघोषित अभियन्ता तारा बराल पूर्वएआईजी रणबहादुर चन्दको उजुरीका आधारमा पक्राउ परेको खुलेको छलेको छ। चन्दले केही दिन अगाडि बरालविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएका थिए। यो कुरा बरालले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिईन।

बराललाई साइबर अपराधको आरोपमा प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको थियो। बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ।

‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ।

चन्दले सोसल मिडियामार्फत आफूविरुद्ध प्रचार गरेर बरालले आत्महत्याका लागि बाध्य बनाउन खोजेको भन्दैसाइबर ब्युरोमा जाहेरी दिएका थिए। केही महिनाअघि दुई जनाको नाम जोडेर केही युट्युबरले भिडियो बनाएपछि चन्द र बरालबीच विवाह गर्ने सहमति भएको कागज बाहिरिएको थियो।

तर, पछि चन्दले आफूलाई झुक्याएर कागज गराइएको र विवाहका लागि तयार नभएको भन्दै पत्रकार सम्मेलन गरे। बरालले पनि आफूलाई विभिन्न नाममा बदनाम गराइएको दाबी गर्दै आएकी छन्। कागज प्रकरणलाई बरालले महिला आयोगसम्म पु¥याएपछि प्रस्टीकरण दिन पूर्वएआईजी चन्द आयोगसम्म पुगेका थिए।

चन्दसँग जोडिएको प्रकरणमा बरालले केही फोन अडियोहरू फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्। ती अडियोमा चन्दले अश्लील शब्द बोलेको सुनिन्थ्यो। आफूसँग गरिएको निजी संवादलाई रेकर्ड गरी सार्वजनिक गरेको विषयमा चन्दले कानुनी उपचार खोज्ने बताउँदै आएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट