श्रीमतीलाई बलात्कार गरेको कसुरमा न्यायाधीश गिरीलाई ७ वर्ष कैद, ३ लाख जरिवाना
काठमाडौँ — पत्निमाथि बलात्कार र अप्राकृतिक मैथुनको कसुरमा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई यस्तो सजाय सुनाएको हो। गत १३ जेठमा न्यायाधीश भुसालकै इजलासले गिरीलाई वैवाहिक बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको थियो।
जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध उनकी पत्नी आरती रावलले मुद्दा दायर गरेकी थिईन। गत वर्षको १९ वैशाखमा मुद्दा दायर भएपछि गिरी निलम्बनमा परेका थिए। सर्वोच्च अदालतले २१ चैतमा उनलाई थुनामा पठाउन आदेश दिएपछि उनले गत ३ वैशाखमा जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए।
न्यायाधीश पत्नी रावल न्यायको माग गर्दै लामो समय सडक संघर्षमा उत्रिएकी थिइन्। पतिबाटै बलात्कार भएको मुद्दा किनारा लाग्न ढिलाइ भएको आरोप लगाउँदै उनी १० असार ०८० देखि २ महिनासम्म अनसन बसिन। मुद्दाको वहस चलिरहेका वेला इजलासमै विष सेवन समेत गरेकी थिईन।
१ माघ ०८० देखि दोस्रो चरणको अनसन थालेकी उनी अहिले पनि गाँस, बास, कपास र जिविकोपार्जन सहितको पिडित राहत सहायता उपलब्ध गराउन माग गर्दै अनसनमा छिन्।
यो पनि,
- श्रीमती बलात्कार गरेको कसुरमा न्यायाधीश भुवन गिरी दोषी ठहर
- श्रीमतीलाई बलात्कार गरेको र अप्राकृतिक मैथुन गरेको आरोप लागेका न्यायाधीश गिरी थुनामा
- बलात्कार मुद्दामा पूर्वन्यायाधीशलाई थुनामा राख्न सर्वोच्चको आदेश, पत्निद्वारा विष सेवन
- पति विरुद्ध बलात्कारको आरोप लगाएकी न्यायाधीश पत्निद्वारा सर्वोच्चको इजलासमै विष सेवन
लोकप्रिय
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

