प्रधानमन्त्री ओलीलाई मार्न उक्साउने रतन कार्कीलाई प्रहरीले पक्राउ नगर्ने (भीडीओसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नुपर्छ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्साएको आरोप लागेका भ्लगर रतन कार्कीलाई प्रहरीले पक्राउ नगर्ने जनाएको छ।

साफ च्याम्पियनसिपको फाईनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीलाई समुह वनाएर घेर्न र हत्या गर्न उनले उक्साएका थिए। जापानमा बसेर टेलिभिजनमा खेल हेरिरहेका उनले त्यसै बेला भीडीओ बनाउँदै ‘मार्यो भने मारेको मार्यै हुन्छ’ भन्दै उक्साउने काम गरेका थिए।,

उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाल प्रहरीको साइबर ब्युरोले निगरानीमा राखेको थियो। प्रहरीले उनलाई पक्राउ गर्ने प्रक्रिया नै थालेको भन्ने सूचना बाहिरिएपछि कार्कीले अर्को भीडीओ बनाएर माफी मागेका थिए।

आफ्नो मनसाय कसैलाई आक्रमण गर्ने नरहेको भन्दै उनले राजनीतिककर्मी र कुर्सीमा वसेकाले त्यसरी नवुझ्न आग्रह गरेका थिए। ‘आवेगमा हिंसात्मक शब्द बोल्न पुगेछु, त्यसका लागि सबैसँग क्षमा चाहन्छु,। दर्शकलाई हँसाउने उद्देश्यले बोल्दा कमीकमजोरी भएको हो। कुनै पनि राजनीतिक व्यक्तिसँग वा कुर्सीमा बसेका कसैले मलाई नै प्रहार ग¥यो जस्तोचाहिँ नलिनु। किनकी मैले व्यक्तिगत रूपमा यसलाई सक्काउनुपर्छ भन्ने देखिए पनि मेरो आसय त्यस्तो थिएन।’ उनले भनेका छन्।

उसो त कार्कीले यस अघि पनि उदण्डता प्रस्तुत गर्ने र जसो मन लाग्यो उसै बोल्ने गरेको पाईएको छ। उनले यस अघि पनि पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीलाई गोली हाल्ने अभिब्यक्तिसहितको भीडिओ बनाएका थिए। कसैले ५ वटा गोली दिएर ४ जना नेतालाई मार अनि आफु पनि मर भने आफु हाँसी–हाँसी त्यो काम गर्न तयार रहेको भन्दै उनले भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

यसै विषयलाई लिएर सामाजिक सञ्जालमा कतिपयले उनलाई फिर्ता ल्याएर कारबाही गर्नुपर्ने मत राखिरहेका छन् भने कतिपयले उनलाई कारबाही गर्न नहुने टिप्पणी गरिरहेका छन्। प्रहरी स्रोतका अनुसार अहिलेसम्म साइबर ब्युरोले कार्कीविरूद्ध कुनै पनि प्रक्रिया अघि बढाएको छैन। सामाजिक सञ्जालमा अराजक टिप्पणी गर्नेमाथि निगरानी राखेको भए पनि प्रहरीले कारबाही प्रक्रिया भने अघि नबढाएको स्रोतले जनाएको छ।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट