नाबालकसहित ८ जनाका हत्यारालाई जेलमुक्त गर्ने राष्ट्रपति रामचन्द्रको भगवान रामसँग तुलना

 

जनकपुर– कैलालीमा नाबालक र नेपाल प्रहरीका एसएसपीसहित ७ जना प्रहरीको निर्मम हत्या गरेको पुष्टि भएका अपराधीलाई आम माफी दिएर सिंहदरबार छिराउने कलियुगका राष्ट्रपति रामचन्द्र पौडेललाई त्रेता युगका भगवान रामचन्द्रसँग तुलना गर्दै जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ।

जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उदघाटनका लागि जनकपुर आएका पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले अभिनन्दन गरेको हो। जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका हुन।

राष्ट्रपति पौडेललाई भगवान रामसंग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईंको आगमनले जनकपुरबासीलाई हर्ष विभोर भएका छन् ।’

मैथली भाषामा लेखिएको अभिनन्दन पत्रमा संविधानमा हरेक नेपाली नागरिकलाई नागरिकता दिने अधिकार उल्लेख भएपनि कानून निर्माणको अभावमा लाखौं नेपाली नागरिकताबाट बञ्चित रहेको अबस्थामा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणिकरण गरी ठूलो समस्या समाधान गरेकोमा प्रशंसा गरिएको छ ।

देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै राष्ट्रपति पौडललाई मधेशका मुख्यमंत्री सरोज कुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधी, जनकपुरधामका पूर्व मेयर बजरंग प्रसाद साह लगायतले अभिनन्दन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट