ओलीको नजरमा दुर्गा प्रसाईको औकात ‘भुस्याहा कुकुर’
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको र त्यसको प्रमाण आफुसँग रहेको भन्दै अभिब्यक्ति दिएका मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई ओलीले जवाफ फर्काएका छन्।
ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिदै प्रमाण पुर्याएर आए एक हजार थपेर सवै जिम्मा लगाउने वताए। एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’
आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको भन्दै ओलीले पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको बताए।
प्रसाइले दसैंछेक ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिए। पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताए।
आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताए। ‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन।’
सम्बन्धित खबर
पूर्वराजाको खोपीबाट प्रसाईँको आक्रमणः कारवाही गर्न प्रचण्ड समक्ष ओलीको हारगुहार