झापा र भक्तपुर छिर्न आफुसँग अनुमति लिनुपर्ने ओली र महेश वस्नेतलाई प्रसाईको चेतावनी
काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा र महेश वस्नेतलाई भक्तपुर प्रवेश गर्न आफुसँग अनुमति लिनु पर्ने वताएका छन्।
बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन। ‘हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’, भन्दै उनले चेतावनी दिए ।
ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने बताए। प्रसाईले कि जेल जाने कि मर्ने कसम खाएर काठमाडौँ आएको बताउँदै आन्दोलन सफल नभएसम्म घर नफर्किने बताए।
मंगलबार राती बास वसेका महिलालाई लखेटेको विषयमा उनले युवासंघलाई आरोप लगाए। युवासंघका कार्यकर्ताले बसेको ठाउँमा हातपात गर्न खोजेको उनको आरोप छ।
महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए । आन्दोलन दबाउन ठुलो लगानी गरेको पनि उनको आरोप छ। ‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’