रास्वपाः भरतमोहनकी छोरी कोषाध्यक्ष, स्वर्णिम वाग्ले दुई नम्वरी उपसभापति

राजविराज– रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई दुई नम्वरको उपसभापति बनाएको छ। पार्टीमा रवि लामिछाने र उपसभापति रहेका डिपी अर्यालपछिको वरियतामा वाग्ले रहने छन्। पार्टीमा अव दुई उपसभापति रहने छन्।

महोत्तरीमा बुधबार सम्पन्न भएको बैठकले पार्टीको कोषाध्यक्ष पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीलाई बनाएको छ। बुधबार सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो ।

लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन्। उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी हुन्। त्यसको छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ।

उनी आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य थिइन्। उनी एमालेको उद्योग विभागमा पनि थिइन् ।

एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् । नेकपा एसको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो।

लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक पनि हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट