आत्महत्या गरेकी आमाको भावुक पत्रः छोराछोरी छाडेर जाँदा दुःख पाउँछन्, लिएर गएकी छु

काठमाडौं– गत शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका– ३, इमाडोलमा दुई सन्तानको हत्या गरी आफनै ४ तले घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेकी ३६ वर्षीया रविना महर्जनको सुसाइड नोट प्रहरीले फेला पारेको छ।

माईती पक्ष र दिदीवहिनीलाई पठाएको उक्त पत्र प्रहरीले हात पारेको हो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सुसाईड नोटमा उनले बच्चाकोसमेत हत्या गरेर आफुले आत्महत्या गरेको उल्लेख छ। उनले लेखेकी छिन्– ‘म कहिल्यै नफर्कने गरी जाँदैछु। म गएपछि मेरा बच्चा एक्ला हुन्छन्। यसैले यत्तिकै छाडेँ भने उनीहरूले झन् धेरै दुःख पाउँछन्। त्यसैले सँगै लिएर गएकी छु।’

सुसाइड नोटमा लेखिएको कुरा उद्धृत गर्दै ति अनुसन्धानम अधिकाकारी भन्छन्– ‘म मरेपछि बच्चा एक्ला हुने भएकाले सँगै लिएर जाने कुरा उल्लेख छ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि छोराछोरीको हत्या गरेर रविनाले आत्महत्या गरेको खुलेको छ।

रविनाले करिव सवा ४ वजे छतबाट हामफालेपछि उनको उद्वार गरेर भित्र गई हेर्दा ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवा महर्जन पनि वेहोस अवस्थामा फेला परेका थिए। उनीहरु तीनै जनालाई तत्कालै किस्ट अस्पताल लगिएको थियो। तर, अस्पतालले सवैलाई मृत घोषणा गर्यो।

रविनाले हामफाल्नुअघि तकियाले मुख छोपेर छोराछोरीको हत्या गरेको प्रहरीको अनुमान छ। उनले आफ्ना श्रीमानलगायत परिवारका कुनै पनि सदस्यको दोष नभएको उल्लेख गरेकी छिन्। रविनामा पहिला त्यस्तो कुनै मानसिक समस्या पनि पहिचान भएको पाईएको छैन।

सहकारीमा काम गर्ने रविना शनिवार भएका कारण त्यो दिन घरमै थिईन। घटना भएका बेला घरमा उनका श्रीमान् थिएनन्। श्रीमान् सार्वजनिक कार्यक्रममा ‘साउण्ड सिस्टम’ व्यवस्थापनको काम गर्छन्। शनिबार महालक्ष्मी नगरपालिकाले गरेको कार्यक्रममा उनी गएका बेला घटना भएको प्रहरीले जनाएको छ।

रविनाको एकै घरमा परिवारका सबै सदस्यहरू छुट्टाछुट्टै बस्थे। सबैभन्दा माथिल्लो तला (चौथो तला) मा रविनका सासूससुरा तथा ३ जना दाजुभाइको परिवार मध्ये जेठाको परिवार तेस्रो तलामा, माइलाको परिवार दोस्रो तलामा र कान्छाको परिवार भुइँतलामा बस्दै आएका छन्।

घटनापछि प्रहरीले परिवारका अरू सदस्य र छिमेकीसँग सोधपुछ गरिरहेको छ। छिमेकीका अनुसार रबिना र पतिको सबन्ध राम्रो थियो। अरू सबै सदस्यसँग पनि नराम्रो थिएन। उनीहरु श्रीमान श्रीमती सँगै अफिस जान्थे। बीचमा छोराछोरीलाई राखेर स्कूल पु¥याउँथे। साँझ घर आउँदा पनि सँगै आउँथे।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट