अन्तिम वरियताको उपप्रधानमन्त्री स्विकारेर उपेन्द्र सरकारमा, नवलकिशोरको ताल पनि उस्तै

राजविराज– नव गठित सरकारका ४ उपप्रधानमन्त्री मध्ये अन्तिम वरियता भए पनि हुने भन्दै जसपा (जनता समाजवादी पार्टी) का अध्यक्ष उपेन्द्र यादव सरकारमा जान तयार भएका छन्।

उनी रघुविर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेपछिको वरियतामा वस्न तयार भएर उपप्रधानसहित स्वास्थ्यमन्त्री भएर सरकारमा जाने भएका हुन। २०६५ सालदेखि लगातार मन्त्री र उपप्रधानमन्त्री भइरहेका यादव रवि लामिछानेभन्दा तलको वरीयतामा रहने भएको स्रोतले जनाएको छ।

४ पटकभन्दा बढी उपप्रधानमन्त्री बनिसकेका यादवले सरकारमा जानका लागि रवि लामिछानेभन्दा तलको वरीयता स्विकार गरेको भन्दै उनको आलोचना हुन थालिसकेको छ। स्रोतका अनुसार उनले रघुवीर महासेठभन्दा माथि अर्थात् प्रधानमन्त्रीपछिको वरियता मागेका थिए। तर, दलको आकारअनुसार वरीयता निर्धारण गरिने भन्दै यादवलाई चौथो वरीयताको उपप्रधानमन्त्री बनाइएको हो।

यसअघि नारायणकाजी रघुवीरभन्दा तलको वरियतामा गएको भनेर माओवादीमा आलोचना भइरहेको छ। यसैगरी, जसपाबाटै मन्त्री बनेका नवलकिशोर साहको वरियता रास्वपाका विराजभक्त श्रेष्ठको भन्दा तल रहने जनाईएको छ। अर्थात् उनको वरियता सबैभन्दा तल रहने छ। यादव र साहको आजै शपथग्रहण हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट