भवन निर्माणमा १ करोड भ्रष्टाचार गरेको आरोपमा कर्जन्हाका तत्कालीन मेयरसहित ५ विरुद्ध मुद्दा

काठमाडौं– नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठक्कामा अनियमितता गरेको आरोपमा सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो। नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनिमियतता गरेको अभियोग उनीहरुमाथि छ।

आरोप पत्रमा पासवानसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी÷पाण्डे एण्ड कम्पनी÷ड्रागन जेभीका प्रतिनिधि वैजनाथ यादवलाई प्रतिवादी बनाइएको छ।

उनीहरूले उक्त भवन निर्माणका क्रममा मिलेमतो गरेर १ करोड ८ लाख रुपैयाँ अनिमियतता गरेको दाबी आयोगले गरेको छ। आयोगले उक्त प्रकरणमा प्रतिवादीहरूविरुदद्ध कैद र बिगो असुलउपर गर्नसमेत माग गरेको प्रवक्ता घिमिरेले बताए।

०७४ मा भएको स्थानीय तह निर्वाचमा पासवान माओवादी केन्द्रबाट विजयी भएका थिए। उपमेयरमा पनि माओवादीकै ज्ञानकुमारी श्रेष्ठ विजयी भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट