यस्तो छ आगामी आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बजेटमा चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको ५ प्राथमिकता तय गरिएको बताए। बजेटको ५ प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उनले जानकारी दिए ।

आर्थिक उपार्जन तथा संवृद्धिको खाका कोर्ने गरी आएको दाबी गरिएको बजेटमा शिक्षा क्षेत्रलाई सबैभन्दा बढी रकम विनियोजन भएको छ। बजेटले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ भने मुद्रास्फीति ५.५ प्रतिशतको सीमा राख्ने सरकारले जनाएको छ।

बजेटमा कृषि तथा पशुपक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड, उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड, सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ, वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ, शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ, खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ, श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ, रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ, गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ, परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गनुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट