१५ दिनअघि निर्वाचित भएका एमाले सुनसरीका अध्यक्ष खनालको रेलभित्रै मृत्यु

विराटनगर– १५ दिनअघि अघि मात्रै निर्वाचित भएका नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष निलम खनालको मृत्यु भएको छ।
आन्द्रासम्बन्धी समस्याका कारण उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा रेलभित्र बिहीबार बिहान २ बजे मृत्यु भएको हो। तेलंगना राज्यको कागजनगर पुगेपछि उनको मृत्यु भएको जनाईएको छ।
खनाल ५–७ जेठमा सम्पन्न एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका खनालले ३८३ मत प्राप्त गरेका थिए। अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए। उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन्।
बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए। यसअघि पनि उनको उपचार हैदराबादमै हुँदै आएको जनाइएको थियो।
प्रतिक्रिया