सुतेकै ठाउँमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु
जनकपुर– सुतेकै ठाउँमा जंगली हात्तीले आक्रमण गर्दा शुक्रबार विहान रौतहटमा एक महिलाको मृत्यु भएको छ।
फतुवा बिजयपुर–११ रागी बुटुवाकी पातली माया तामाङ (७०) को हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै घरमा सुतिरहेका बेला हात्तीको आक्रमणबाट पातली मायाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय विजयपुरले मृतकको शव पोष्टमार्टमका लागि पठाएर आवश्यक अनुशन्धान गरिरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते
आर्थिक प्रस्ताव खुल्नुभन्दा २ दिनअघि सुनकोशी–मरिनको ठेक्का रद्द, प्रधानमन्त्री कार्यालयको दबाबमा निर्णय भएको आरोप

