जेलको डरले राजिनामा दिएको आशंका गरिएका एनआईसीका डेपुटी सीईओ बैंक आउनै छोडे
काठमाडौँ– एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेले बैंक छोडेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि राजिनामा दिएर एक दिन काममा फर्किएका पाण्डेले अन्ततः बैंक छोडेका हुन्।
बैंक डुब्न लागेको, कतिपय शाखाहरु बन्द हुन थालेको लगायतका चर्चा चलिरहेका बेला पाण्डेको राजिनामाले थप शंका उत्पन्न गराएको थियो। यो शंकालाई थप बल पुग्ने भन्दै बैंक सञ्चालकले उनलाई फर्किन अनुरोध गरेका थिए। सञ्चालकको अनुरोधपछि उनी एक दिन काममा फर्किएका थिए।
एक दिन काममा फर्किएका पाण्डेले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न नलागेको दाबी गर्दै विज्ञप्ति निकालेका थिए। त्यसपछि भने उनी काममा फर्किएनन्। बरु बैंकले त्यसपछिका केही विज्ञप्ति हस्ताक्षर र छापबिनै निकालेको थियो।
एनआईसी एशिया बैंकमा राष्ट्र बैंकले गरेको विशेष इन्सपेक्सनका क्रममा विभिन्न कैफियत देखिएपछि जेल जाने डरले पाण्डेले बैंकबाटै राजिनामा दिएको हल्ला चलेको थियो।
लोकप्रिय
अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते
मजिद अन्सारीको प्रश्न– ‘पत्रकार रवि लामिछाने कहाँ हराए? सीधा कुरा जनतासँग चलाउने पत्रकारिता अझै ज्यूँदो छ?’
ताजा अपडेट
कमिसनको लोभमा एम्बुलेन्स चालकले गोल्डेन अस्पताल पुर्याएका विरामीको मृत्यु, उपचार खर्च नतिर्दा शव बन्धक

