एमालेले योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठको जिम्मेवारी खोस्यो

काठमाण्डौं– नेकपा एमालेले योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठको प्रदेश इन्चार्जको जिम्मेवारी खोसेको छ।
बिहीबार बसेको सचिवालय बैठकले उनीहरुको जिम्मेवारी खोसेको हो। यसअघि रघुवीर महासेठ कोशी, योगेश भट्टराई मधेश, गोकर्ण विष्ट गण्डकी प्रदेश इन्चार्ज थिए।
सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटाईएको एक नेताले बताए। वैठकले कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटीलाई प्रदेश इन्चार्ज तोकेको छ।
यता, सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट भने प्रदेश इन्चार्जमा कायम छन्। अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज छन्। बाग्मतीको इन्चार्ज रहेका गुरुप्रसाद बराल उपाध्यक्ष मनोनित भएका छन्। यो सँगै इन्चार्जको जिम्मेवारीबाट हटे।