सन्दीप लामिछानेको बलात्कार प्रकरणमा अदालतबाटै किशोरीको चरित्रमा दाग

काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत बुधबार क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय ग¥यो। माथिल्ला दुर्ई अदालतले जिल्लाको फैसलालाई नै सदर गर्ने हो भने उनको क्रिकेट जीवन यहीँबाट अन्त्य भएको मान्न सकिन्छ।

तर, सन्दीपको भरोसाको केन्द्र भनेकै उच्च र सर्वोच्च अदालत हुन। उनी स्वयम पनि माथिल्ला दुई अदालतबाट न्याय पाउनेमा आशावादी देखिएका छन्। उच्च र सर्वोच्चप्रति उनी आशावादी हुनु पर्ने कारण पनि छन्।

लामिछानेको मुद्दा अदालतमै धेरै प्र्रभावित भयो। निकै ढिलो गरी काठमाण्डौ जिल्ला अदालतले यो मुद्दालाई टुङ्गा लगाएको हो। धेरै जना माननीय न्यायाधीशहरू यो मुद्दाको बाह्य दबाब र प्रभावमा परे। न्याधीशहरु मुद्दाबाट भागिहिडेको कसैबाट लुकेको छैन।

हिम्मत गरेर फैसला सुनाएका न्यायाधीशले पनि चित्तवुझ्दो फैसला गर्न नसकेको कतिपय कानुन ब्यवसायीहरुले नै बताएका छन्। फैसला बाह्य शक्तिको दबाब र प्रभावमा परेको उनीहरुको भनाई छ।

कानुन ब्यवसायीका अनुसार यो घट्नाको गुथ्थी कुरा एउटै मात्र छ। ‘सन्दीप र किशोरी दिनभर घुमघाम गरे, राति हात समातेर होटलमा गए, बिहान पनि हात समातेर होटलबाट निस्किए। यत्ती नै हो भएको।’– एक कानुन ब्यवसायीले भने।

यो घट्नामा प्रमाण दिएर ‘बलात्कार नै भएको हो’ भन्न अदालतले पनि सकेको छैन। अदालतसँग बलात्कार त के शारीरिक सम्बन्ध स्थापित भएको समेत प्रमाण छैन। सन्दीपलाई ‘खुच्चिङ पर्यो’ भन्नेहरुको त झन कुरै नगरौं। ‘तेरो घरमा छोरीचेली छैनन् ? तेरो छोरीचेलीलाई यस्तो नपरोस्, तेरो बौद्धिक स्तर पनि देखियो’ जस्ता टिप्पणी गरेर सन्दीपलाई बलात्कारी प्रमाणित गर्न खोज्ने वाहेक ‘यो कारणले यसरी बलात्कार भएको हो’ भन्ने आधार उनीहरुसँग छैन।

होस पनि कसरी, बलात्कार भएको प्रमाण किशोरी पक्षका वकिलहरुले नै अदालतमा पेश गर्न सकेका छैनन्। भएको भए फैसलामै ति प्रमाणहरु ‘कोट’ गरिने थिए। तर, एउटै कोठामा रातभर वसेपछि ‘त्यो पनि भयो होला’ भन्ने आशंकामा बलात्कारमा दोसी देखाईएको छ।

यो फैसलाले पीडित किशोरीलाई पनि अन्याय भएको छ। अदालतले उनको चरित्रमै दाग लगाइदिएको छ। सन्दीपले ‘कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको’ भन्नुको तात्पर्य ‘के किशोरीले पैसाका लागि सन्दीपसँग रात बिताएकी थिइन् ?’ भन्ने प्रश्न उठेको छ।

अदालतले के आधारमा ‘कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको’ हो भनेर फैसालमा खुलाएको छैन। ‘सन्दीपले आफ्नो आर्थिक स्थिति सुधार्न मद्दत गरिदेलान् भन्ने आशाले उनीसँग नजिकिएकी हुन् ? सन्दीप र गौशालाबीच पैसाको लेनदेन भएको हो ?’ भन्ने प्रश्न उठेको वकिलहरु वताउँछन्।

यो फैसालले किशोरी चरित्रमा नै दाग लागेको देख्ने वकिलहरु पनि छन्। यो फैसलाले पैसाका लागि राखिने सबै शारीरिक सम्बन्ध बलात्कार हुन् भन्ने गलत नजिर पनि स्थापित गरेको उनीहरुको भनाई छ।

‘कुनै यौन व्यवसायीलाई पैसा तिरेर एउटा पुरुषले सम्बन्ध राखेको छ भने भोलिका दिनमा ऊ बलात्कारी ठहरिएर खोरमा पुग्न सक्ने भयो। किनकी अधिकांश यौनकर्मी विपन्नताकै कारण यौनकर्ममा लागेका हुन्छन्’ एक वकिल भन्छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट