बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारको जागिर खोस्न सिफारिस

काठमाडौ –सर्लाहीको बरहथवामा अस्पताल स्तरोन्नतीका लागि २० पुसमा भएको प्रदर्शनमा अख्तियारी नै नलिई गोली चलाउने वरिष्ठ हवल्दारको जागिर खोस्ने सिफारिस भएको छ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानविन समितिले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छानविन प्रतिवेदनमा हवल्दार सोनेलाल यादवको जागिर खोस्न सिफारिस गरिएको छ।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए। बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो।

समितिले इलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत सोनेलाललाई सेवाबाट हटाउन सिफारिस गरेको छ। यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए।

छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरिसकेको छ।

नगर अस्पताललाई स्तरोन्नती गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा भिड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले गोली चलाएका थिए। टाउकोमा गोली लागेका स्थानीय युवा जयशंकरको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानिय प्रशासनबिच ११ बुँदे सहमति भएको छ।

मृतकका भान्जा विवेककाले भने दाना गोदामबाट होटल जाने क्रममा रहेका आफना मामालाई नियोजित रुपमा गोली हानिएको वताएका थिए। साहलाई विद्युत प्राधिकरण कार्यालय नजिक गोली लागेको हो। उक्त स्थान आन्दोलन भएको स्थानदेखि करिब ३/४ सय मिटर दूरीमा छ।

आन्दोलन भएको ठाउँमा कसैलाई गोली लागेन । तर ३/४ सय मिटर दूरीमा आफनो मामालाई गोली लागेकोले यसको छानबिन हुनुपर्ने उनले माग गरेका थिए। उनले हवलदार सोनेलाल यादवले गोली चलाएको बताउँदै होटलमा आएर जहिल्यै सित्तैमा खान चाहने सोनेलालले त्यही विषयमा जयशंकरसँग झगडा पनि गरेका थिए।

रिसईबी साँध्न आप्नो मामामाथि गोली चलाएको उनको भनाई छ। यो विषयलाई प्रतिवेदनले सम्वोधन गरे/नगरेको खुलेको छैन।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट